भारतीय सेयर कम्पनी सेवीका अध्यक्ष माधवी र उनका श्रीमानमाथि आर्थिक अनियमितताको आरोप

एजेन्सी । अमेरिकी अनुसन्धान कम्पनी हिडेनवर्ग रिसर्चले भारतको सेयर कारोबार सम्बन्धी संस्था  (सेबी)की वर्तमान अध्यक्ष माधबी पुरी बुच र उनका पति धवल बुचमाथि आर्थिक अनियमितताको आरोप लगाएको छ ।

हिडेनवर्गले आफ्नो अनुसन्धान गत शनिवार सार्वजनिक गरेको हो । उसले यसअघि भारतकै अडानी ग्रुपको कम्पनीकोबारे अनुसन्धान रिपोर्ट सार्वजनिक गर्दा सो क्रम्पनीले करोडौं घाटा व्यहोरेको थियो । 

पछिल्लो १८ महिनामा भारतको व्यापार र वित्तीय बजारमा भएको कथित आर्थिक अनियमितताबारे हिडेनवर्गले सार्वजनिक गरिएको यो दोस्रो प्रतिवेदन हो ।यसअघि जनवरी २०२३ मा उसले भारतको अग्रणी औद्योगिक घराना अडानी समूहबारे एक रिपोर्ट जारी गरेर हलचल मच्चाएको थियो ।सो रिपार्टपछि  अडानी ग्रुपका कम्पनीहरुले १५० अर्ब डलर गुमाएका थिए ।हिडेनवर्गको रिपोर्ट आएको १० दिनभित्रै  अडानी ग्रुपका गौतम अडानी  धनीहरुको शीर्ष २० सूचीबाट पनि बाहिरिएका थिए ।

यो कुरा बाहिर आएसँगै माधवी र धवल दुवैले संयुक्त विज्ञप्ति जारी त्यो आरोपमा कुनै सत्यता नभएको बताएका छन् । उनीहरुले आफूहरुको जीवन र आर्थिक लेनदेन एक खुला पुस्तक रहेको दाबप् गरेका छन् । 

प्रतिक्रिया