सेयर बजारमा हालसम्मकै उच्च कारोवार, नेप्से ९४.५३ अंकले बढेर २८६०.९१ विन्दुमा

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक बढेसँगै आइतबार हालसम्मकै नयाँ रेकर्ड बनेको छ। । यसअघिको रेकर्ड तोड्दै आइतबार २५ अर्ब ७७ करोड ९४ लाख रुपैयाँको सेयर कारोबार भएको  छ । यसअघि गत मंगलबार २३ अर्ब ५० करोडको कारोबार भएर ऐतिहासिक रेकर्ड कायम गरेकोमा त्यो रेकर्ड समेत तोडिएको हो।

आइतबार नेप्से परिसूचक ९४.५३ अंकले बढेर २८६०.९१ विन्दुमा बन्द भएको छ । २२५ कम्पनीको सेयर मूल्य बढेको छ । १५ कम्पनीको सेयर मूल्य घटेको छ । दुई कम्पनीको सेयर मूल्य स्थिर छ ।

नौ कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । कुथेली बुखरी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले घटेको छ । कारोबारमा आएका १३ वटै समूहको परिसूक बढेको छ । लगानी, माइक्रोफाइनान्स र जीवन बिमा समूहको परिसूचक ४ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

प्रतिक्रिया