बंगलादेशको नयाँ प्रधानन्यायाधीशमा रेफात अहमद


एजेन्सी । बंगलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दीनले बंगलादेशको २५ औं प्रधान न्यायाधीशमा सैयद रेफात अहमदलाई नियुक्त गरेका छन् ।

बिद्यार्थीहरुले आरक्षण बिरोधी  आन्दोलन चर्काएपछि गत सोमबार प्रधानमन्त्री शेख हसिना वाजेद देश छोडेर भारतमा शरण लिन पुगेकी थिइन् । त्यसपछि डा. युनुसबंगलादेशमा अन्तरिम सरकारका प्रमुख बनेका थिए ।  हिजो शनिवार हसिना समर्थित मानिएका प्रधानन्यायाधीश अबैदुल हसनले अन्तरिम सरकारलाई मान्यता नदिन चलखेल गर्न खोजेको भन्दै बिद्यार्थीले त्यहाँको सर्वाेच्च अदालत घेर्न र हसनलाई राजीनामा दिन भन्दै प्रदर्शन गरेका थिए । त्यसपछि हसनले राजीनामा दिएपछि त्यहाँको सर्बाेच्च अदालतका वरिष्ठम न्यायाधीश रेफात नयाँ प्रधानन्यायाधीशमा नियुक्त भएका हुन् । 

राष्ट्रपति  शहाबुद्दीनले प्रधान न्यायाधीशको रुपमा आइतबार  रेफातलाई पद तथा गोपनियताको सपथ  गराएका छन् । 

प्रतिक्रिया