तारागाउँ विकास समितिको जग्गामा सांसदहरुको चासो, भ्रष्टाचारको केन्द्र बनाइएको आरोप

काठमाडौं ।  प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आइतबारको बैठकमा सांसदहरूले तारागाउँ विकास समितिको जग्गालाई भ्रष्टाचारको केन्द्र बनाइएको भन्दै प्रश्न गरेका छन् । तीन दशकदेखि छलफल जारी रहे पनि समाधानको प्रयास नगरिएको भन्दै ससदहरुले  प्रश्न उठाएका हुन् । 
समितिमा नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपालले तारागाउँ विकास समितिको जग्गा हायातले हडप्न खोजेको भन्दै यसमा परिपक्व निर्णय आवश्यक भएको बताए । यसमा ठूलो ‘घोप्लाबाजी’ भएको भन्दै उनले सरकारको सेयर २२ बाट ९ प्रतिशतमा कसरी झर्‍यो भन्ने अध्ययन गरिनुपर्नेमा जोड दिए । उनलेले तारागाउँ विकास समिति सरकारलाई बोझ बनेको बताएका छन् । तारागाउँको नाममा विभिन्न जिल्लामा जग्गा र होटल÷रेष्टुरेण्टहरु रहेको भन्दै उनले तिनको राम्रोसँग सदुपयोग नभएको बताएका हुन् ।

नेकपा (एमाले)का सचिव भीम आचार्यले हायात रिजेन्सीमा ब्रह्मलुट देखिएको बताए । त्यस्तो ब्रह्मलुट सामान्य छलफल र निर्देशनबाट नियन्त्रण नहुने उनले उल्लेख गरे । कार्यतालिका बनाएरै काम गर्न आवश्यक रहेको उनले बताए । सार्वजनिक जग्गा हडप्न खोजिएको भन्दै उनले त्यसलाई सरकार मातहत फिर्ता ल्याउनुपर्ने बताए 

नेपाली कांग्रेसका सांसद एनपी साउदले भने सार्वजनिक जग्गा ‘लिज’मा दिने कानुन स्पष्ट नपार्दासम्म विवाद समाधान नहुने बताए ।  फाइलमा हात हालेर हल्लाएर मात्र छाड्ने नभई कानून बनाएर दिगो रूपमा समाधान गर्नुपर्नेमा उनले जोड दिए । 

प्रतिक्रिया