नाग पञ्चमीको उजागर हुन नसकेको पाटो
नाग पञ्चमी दाजु भाइ बिचको प्रेमको लागि पनि मनाइने चलन हो। यो कुरा कतै कसैबाट उजागर भएको देखिदैन। सुनिएन।
एक पटक लक्ष्मणले भनेका थिए कि उनी रामको राम भन्दा कान्छो भएकाले उनले आफ्नो जेठा दाइको प्रत्येक आज्ञा पालन गर्नु पर्दछ किनकि उनको समग्र सुरक्षाको जिम्मेवारी ठूलो दाइ राममा छ। कथा अनुसार लक्ष्मणले भनेका थिए कि यही कारणले अर्को अवतारमा उनलाई रामको जेठो दाइ बन्ने इच्छा छ र उनी आफूले रामको सुरक्षा समेत गर्न चाहन्छन्। अर्थात् रामको गुण तिर्न चाहन्छन्। हामीलाई थाहा नै छ कि भगवान् राम, कृष्ण सबै विष्णुको अवतार नै हो। लक्ष्मणको इच्छा पूर्तिको लागि भगवान् विष्णु कान्छो भाइको रूपमा कृष्ण अवतार बन्दै गर्दा शेष नाग कृष्णको जेठा दाइ बलरामको रूपमा अस्तित्वमा देखिए।
हाम्रा कथाहरूमा बलराम र कृष्णको भाइचारा तथा राम र लक्ष्मण भाइचारा बीच मर्यादा र जिम्मेवारी बहनमा समान प्रकृतिको भूमिका देखिन्छ। राम र लक्ष्मण यद्यपि फरक आमाका सन्तान थिए, तर दुवै दशरथका छोराहरू थिए । उनीहरूको भाइ चारामा कुनै खोट लगाउने ठाउँ देखिँदैन।
बलरामलाई शेष नागको तेस्रो अवतार मानिन्छ। शेष नाग भनेका सबै नागहरूका राजा अर्थात् सङ्गठित आधारको विन्दु हुन्। शेष नागले ब्रह्माण्डका सबै ग्रहहरूलाई आफ्नो शिरमा राखेर सुरक्षा गर्ने मान्यता छ। सबैलाइ जोगाउने भन्ने अर्थमा। त्यसैले बलरामको नाम हात्तीको बथानको भन्दा बलियो भएको मान्यतामा शक्तिको प्रतीक बुझिने गरी राखिएको छ। राम जतिकै बलवान बलराम।
शेष नागको अष्ट नाग संरचना आधुनिक विज्ञानको क्वान्टम फिजिक्सले पदार्थको क्वान्टम आधार संरचना निर्माण गर्ने अव्यक्त संरचनाको रूपमा बुझ्दा हुने देखिन्छ। क्वान्टम अवस्थामा शक्तिको व्यक्त बिम्ब वेब(फङ्गसन रुपी शक्तिको हो। जेलिएको वेब(फङ्गसन नियमित कम्पन र प्रवाहमा रहन्छ। जसलाई बाहिरबाट हेर्दा एकैचोटि चलायमान रहने अष्ट नागको जस्तै–जस्तै अनुभूतिको रूपमा देखिने भन्न सकिन्छ। भौतिक विज्ञानको निर्माण र सञ्चालनको बिम्ब भने व्यक्त ब्रह्माण्ड आफै हो। जसलाई हामीले हाम्रो चेतनाको सीमितता भित्र अनुभूति गर्न सक्दछौ।
सनातन मान्यता, हरेक चाड पर्वहरू सनातन मान्यताको निकै गहिरो पक्षको ज्ञान सहज रूपमा समाजले बुझोस्, स्मरण गरोस् र त्यो ज्ञान पुस्ता– पुस्ता सम्म हस्तान्तरण रहेर त्यसको चुरो मर्मबाट सम्पूर्ण पुस्ताले लाभ लिन सकोस् भनेर सनातन संस्कृतिसँग त्यसलाई समायोजन हुने गरी ईनर इञ्जिनियरिङ्ग गर्ने गरिन्छ। सनातन मान्यता बोक्नेहरूले निकै चलाखी पूर्ण रूपमा अन्य कुनै पर्वले नबताउने एउटा अत्यन्त गहिरो कुरा समाजलाई बताउन र त्यसलाई पुनः स्मरण गराउन परम्परागत रूपमा नाग पञ्चमी मान्ने चलन मार्फत हरेक वर्ष नाग पञ्चमी मनाउने रीति बसाएको देखिन्छ।
त्यो हो चेतना र आत्मा बिचको फरक बारे प्रस्ट व्यवहारिक ज्ञान स्थापित गर्ने। ज्ञानको चुरो मर्म मर्न नदिने। सैद्धान्तिक ज्ञानलाई व्यवहारिक ज्ञान मार्फत प्रस्ट गर्ने।
नाग पञ्चमीले चेतना वा कन्ससनेस र आत्मा बिचको फरकबारे प्रस्ट व्यवहारिक ज्ञान कसरी दिने गर्दछ भन्ने जान्न अलिकति हाम्रा दैनिक व्यवहारिक अनुभूतिको सहारा जरुरत पर्ने छ।
दैनिक व्यवहारमा जब तपाईँ आफूलाई एउटा मोडलको स्कुटी किन्न पर्यो भन्ने लाग्दछ तब बजारमा गुडेका हजारौँ सवारी साधनबिच तपाइले आफूले किन्न खोजेको प्रकारको स्कुटी देख्यो कि तपाईँको अधिक ध्यान त्यही मोडलको स्कुटिले खिच्ने गर्दछ। तपाईँ त्यसैको अधिक ख्याल गर्न पुग्नु हुन्छ। जब तपाईँ कसैसँग प्रेममा फस्नु हुन्छ, बजारमा हजारौँ सुन्दरता युक्त व्यक्ति रहे पनि तपाईँले बजारमा हजार अब्बल व्यक्ति भेटे पनि तपाइँको प्रेमी जस्तो लाग्ने अनुहारले तपाइँको ध्यान खिची दिन्छ। तपाइँको मन तपाईँ प्रेममा फसेको प्रेमीमा नै पुगी हाल्छ। तपाइँको चेतना तपाइँको प्रेमीमा केन्द्रित हुन्छ।
यथार्थ व्यावहारिकतामा तपाइँको लागि बैगुनी गधी माथि केन्द्रित बनेर जब तपाइको दिल वा मन रोकिन्छ तव तपाइँको लागि तपाइँको जीवन मैत्री अमूल्य परी समेत तपाईँ एट्याचमेन्टको निन्द्रा वाट नब्युँतिँदासम्म मूल्यहीन बन्दछ।
यो परिस्थिति के कुराको प्रमाण हो भने तपाइको चेतना समेत तपाइँको मन अनुरूप कहीँ कतै एट्याचमेन्टको सिकार हुन्छ। त्यसैले चेतना मन, बुद्धि र अहङ्कार भन्दा अधिक सुद्ध त छ तर त्यो भन्दा सुद्ध कुरा समेत अस्तित्वमा छ। जुन अद्वैत गुणमा हुनु पर्दछ भन्ने प्रमाण यी अनुभूतिहरूले दिने गर्दछन्।
एक काल्पनिक परम सत्य जसलाई तपाइँको इन्द्रियहरूले अनुभूति गर्ने सक्दैन । त्यो के हो त रु भन्ने हरेक प्रश्नको उत्तर हामीलाई केवल नेती- नेती (त्यो होइन, त्यसो भन्न खोजेको होइन, ठ्याक्कै त्यस्तो पनि होइन आदि उत्तर मिल्ने) हाता पर्दछ। जब हामी सबै प्रश्नमा नेती– नेती भन्ने उत्तर पाउने गर्दछौ त्यो बिन्दुले निर्देशित गर्ने सङ्केतलाई हामीले आफू भित्रको आत्मा स्वरूपको रूपमा ग्रहण गर्ने गर्दछौ। त्यो आत्मा समेत निराकार, निरञ्जन, निर्गुणकै सार रुपी नेती –नेतीको अंश बाहेक अरू हुन नसक्ने निचोड हाम्रो अनुभूतिले लिने गर्दछ। आत्मा स्वरूप अर्थात् 'म' जसको भाग हो त्यसलाई हामी परमात्मा भनेर सङ्केत गर्दै त्यो नै सनातन सत्य रहेको निश्चयमा पुग्ने गर्दछौ।
नाग पञ्चमीको सन्दर्भमा चर्चा हुने कथाहरू मार्फत आत्मा सँगको नजिकको अभौतिक तर अर्ध नेती ( नेती अव्यक्तताको सङ्केत नागले गर्दछ। जुन हाम्रो चेतना हो। अव्यक्त नेती(नेती रूपको सङ्केत हाम्रो आत्माले गर्ने गर्दछ। जुन निराकार, निरञ्जन, निर्गुण सम्पूर्ण शक्तिको सार बोकेको परमेश्वरको एक अंश हो। जहाँ आत्मा र परमात्मा बिचमा आपसमा क्वान्टम इनट्याङ्गगलता अर्थात् संसर्ग मध्यम विनाको जोल्ट्याई रुपी अभौतिक आपसी कार्यवाहकता रुपी संसर्ग रहने गर्दछ।
पौराणिक कथाहरूलाई सामान्य रूपमा लिएर बुझ्दा पातालको अव्यक्त संरचना अर्थात् हाम्रो इन्द्रियहरूले देख्न र महसुस गर्न नसक्ने सृष्टिको व्यक्त संरचनाको निर्माणको प्रमुख जगको प्राकृतिक नियमको सिद्धान्त बारे सम्झाउन नाग पञ्चमी मान्ने गरिन्छ।
नाग पञ्चमीको दिन ५ वटा टाउका भएका अष्टकुलि नागको आकृति बनाई अनन्त, वासुकि, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कोटक र शंख नाम भएका अष्ट नागहरूको विशेष पूजा गरिन्छ। नाग पञ्चमी पूजामा प्रयोग हुने विविध मन्त्र मा केही मन्त्रहरू यस प्रकारका छन् ।
सर्वे नागाः प्रीयन्तां मे ये केचित् पृथ्वीतले।
ये च हेलिमरीचिस्था येऽन्तरे दिवि संस्थिताः॥
ये नदीषु महानागा ये सरस्वतिगामिनः।
ये च वापीतडगेषु तेषु सर्वेषु वै नमः॥
भावार्थस् व्यक्त संसारमा अभिव्यक्त आकाश, स्वर्ग, ताल, कुवा, पोखरी र सूर्यको किरण आदिको तत्त्व गुण स्वरूपको निर्माण गर्ने नागरूपी अव्यक्त शक्ति (आपसमा जोल्टिएर जेलिएको क्वान्टम वेब फङ्गसन रुपी शक्तिको मूल श्रोत ( आत्मा र परमात्मा) जसले हामीलाई आशीर्वाद दिनुहुन्छ, हाम्रो कल्याण र उद्धार गर्नुहुन्छ वहाँ प्रति हार्दिक नमन गर्दै कृतज्ञता व्यक्त गर्दछौ।
---------------------------------------------------------------------
अनन्तं वासुकिं शेषं पद्मनाभं च कम्बलम्।
शङ्ख पालं धृतराष्ट्रं तक्षकं कालियं तथा॥
एतानि नव नामानि नागानां च महात्मनाम्।
सायङ्काले पठेन्नित्यं प्रातःकाले विशेषतः।
तस्य विषभयं नास्ति सर्वत्र विजयी भवेत्॥
भावार्थस् ब्रह्माण्डमा मूलतः अनन्त, वासुकि, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कोटक र शंख गरी नौ गुणका नागहरू (अव्यक्त शक्तिको व्यक्त हुने इच्छा शक्तिका कारण उत्पन्न भएका छालको रूपमा नियमित चलायमान रहने सर्पजस्तै देखिने क्वान्टम वेब फङ्गसन गुणका नौ रूपका व्यक्त शक्ति) व्यक्त संरचनाको आधार श्रोतको शक्तिको रूपमा (देवता) अस्तित्वमा छन्। तिनीहरूको सम्पूर्ण पक्षको प्रकृति मैत्री उपयोग गर्ने नीति, कौशलता र विधिको पालना मार्फत (दैनिक जप गरेर) मानिसले मानवीय रूपमा आफ्ना आफ्ना सम्पूर्ण दुख, दर्द र असन्तुष्टि (सबै पाप बाट पाप मोचन) गर्न र आफू जीवित रहनुको उद्देश्य परिपूर्ति गर्न (आफूलाई धन्य गर्दै मुक्त गर्न) सफल हुने छ।
नोटस् यहाँ अनन्त, वासुकि, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कोटक र शङ्ख भनेर चर्चित अनन्त (शेष), वासुकी, तक्षक, कालो,मनसा, पद्मनाभ, कम्बला, शङ्खपाल, धृतराष्ट्र जस्ता नौ-नागहरूलाई जनाउने गर्दछ। नौ नागहरूले सनातन मान्यतामा सृष्टिको संरक्षण, परिवर्तन र पुनः नवीकरणको लागि जरुरी रहेको प्राकृतिक शक्तिहरू र आध्यात्मिक क्षेत्र बिचको अन्तरसम्बन्ध लाई प्रतिबिम्बित गर्दछ। अनन्त (शेष) नागले सृष्टि र चिरस्थायी जीवनको अनन्तताको लागि ब्रह्माण्डमा रहेका सृजनात्मक ऊर्जाले गर्ने ब्रह्माण्डीय सन्तुलनको भूमिका लाई दर्साउँछ।
वासुकी नाग परिवर्तन र पुनर्जन्मको शक्तिको प्रतीक हो। समुद्र मन्थनको दौरान डोरीको रूपमा प्रयोग भएका वासुकी नागले दैवी अमृतको खोजीमा प्राकृतिक ऊर्जाहरूको सदुपयोग गर्न सकिने यथार्थ तर्फ सङ्केत गर्दछ। तक्षक नाग विनाश र पुनर्जन्मको प्रतीक हो। प्राकृतिक न्याय स्थापनाको लागि, असत्य माथि सत्यको विजय निश्चित गर्न, नैतिक पुनः स्थापनाको नियतमा हुने परिवर्तन र विनाश लाई तक्षकको ऊर्जा भनिन्छ।
कालो नाग (कालिया) विषालु शक्तिहरूलाई नियन्त्रण गर्ने र शुद्धीकरण गर्ने शक्ति हो। हानिकारक विषालु ऊर्जाहरूको हानि गर्ने गुणलाई कि त निस्तेज गर्ने कि फाइदा गर्ने गुणमा परिवर्तन गरेर प्राकृतिक सन्तुलनको पुनर्स्थापना गर्ने शक्ति लाई कालो नाग शक्ति हो। नागकी देवी भनिने मनसाले प्रकृतिको उपचारात्मक ऊर्जाको प्रतिनिधित्व गर्दछिन्। विषाक्तता र रोगबाट सुरक्षा प्रदान गर्न सक्रिय शक्ति मनसा शक्ति हो। चराचरहरूको उर्वरताको शक्ति र जीवनको पोषणको पक्ष संग सम्बन्धित शक्ति समेत मनसा शक्ति हो।
विष्णुको उपाधिको रूपमा हेरिने पद्मनाभ नाग शक्तिले विश्रामको लागि जरुरी हुने ऊर्जाको ब्रह्माण्डीय सन्तुलन बिच सृष्टिको अनन्त चक्र कायम गर्ने शक्ति भनेर चिनिन्छ। पानी र मौसमको समृद्धि र उर्वरता सँग सम्बन्ध रहेको शक्ति कम्बला नाग ऊर्जा हो। कम्बला नाग ऊर्जाको कारण पृथ्वी लाई पोषण गर्ने, उर्वर राख्ने र त्यहाँका चराचरहरूको कल्याण सुनिश्चित गर्न वातावरण (जस्तैस् वर्षा, पानी आदिको) संयोजन हुने गर्दछ। ध्वनि ऊर्जा लाई शङ्खपाल ऊर्जा भनिएको छ।
संरक्षकको रूपमा शङ्ख रुपी ध्वनि ऊर्जाले हरेक प्राणीको जीवन मैत्री हुने गरी उनीहरूको सेन्सरि दायरा भित्रको ध्वनी ऊर्जा मात्र उनीहरूले अनुभूति गर्ने गरी उनीहरूको वासस्थानको इञ्जिनियरिङ्ग गर्ने गर्दछ। ऊर्जाको शुद्धता र आध्यात्मिक जागरण बिच हार्मोनी बनाउने तथा नकारात्मक ऊर्जाहरूलाई तितरबितर गर्ने, जीउन रहनको लागि पवित्र स्थान सिर्जना गर्ने गरी दैवी सुरक्षा कायम गर्न काम समेत शङ्खपाल ऊर्जाको हो।
महाभारतको पात्रको रूपमा चिनिएका धृतराष्ट्र नाग ऊर्जा नेतृत्व र निरीक्षणको ऊर्जा हो। आध्यात्मिक र ब्रह्माण्डीय व्यवस्थाको प्राकृतिक नियम पालना भए नभएको यकिन गर्न अनुगमन तथा निरीक्षण गर्ने र पालना नभएको क्षेत्रमा पालन गर्न भूमिका खेली सुरक्षात्मक रक्षाको कार्य गर्ने धृत राष्ट्र नाग ऊर्जाको काम हो।
-----------------------------------------------------------------------------
ॐ भुजंगेशाय विद्महे, सर्पराजाय धीमहि, तन्नो नाग: प्रचोदयात्।।
भावार्थस् ॐ । हामीले नागरूपी अव्यक्त शक्तिको (आपसमा जोल्टिएर जेलिएको क्वान्टम वेब फङ्गसन रुपी शक्ति) हाम्रो जीवन यापनमा कायम रहेको महत्त्वपूर्ण भूमिकालाई राम्ररी बुझेका छौ। त्यस लाई गहिरो मनन गरी नागरूपी अव्यक्त शक्ति केन्द्र (क्वान्टम वेब फङ्गसन रुपी शक्तिको मूल श्रोत- आत्मा/ परमात्मा) बारे ज्ञान प्राप्त हुने आत्म ज्ञानमा लाग्न र त्यसलाई अवलम्बन गर्न हामीलाई नियमित प्रेरणा प्राप्त होस्।
-----------------------------------------------
ॐ सर्पाय नमः
भावार्थस् नागरूपी अव्यक्त शक्ति केन्द्र (क्वान्टम वेब फङ्गसन रुपी शक्तिको मूल श्रोत- आत्मा/ परमात्मा) लाई हार्दिक नमस्कार।
नोट: यो भनाइले जसले क्वान्टम वेब फङ्गसन रुपी शक्तिको मूल श्रोत- आत्मा/परमात्माको हाम्रो जीवनमा रहेको भूमिकाको लागि सम्मान र धन्यता व्यक्त गर्ने गर्दछ। जहाँ कुनै माग, गुनासो वा रोमाञ्च वा दुख दर्द आदिको लागि स्थान रहने गर्दैन। मात्र धन्यताको महसुस हुने र आराधना भावले परिपूर्ण हुने गरिन्छ। आफूले पाएको जीवन जस्तो छ त्यसैलाई धन्य बनेर स्वीकार गरिन्छ। कुनै अहङ्कार विना प्राप्त जीवनको नियमित नवीकरण, सुरक्षा व्यवस्थाको लागि ओहो भाग्यको महसुस गरिन्छ। तथा जीवनमा सम्भव भएको तालिम, अनुभव, अध्ययन र अनुभूति मार्फत गहिरो आत्मा ज्ञान प्राप्तिको अवसर प्रति आफैलाई धन्य ठान्दै आत्मा र परमात्माको अर्थात् प्रकृति पूजाको अनुष्ठान वा अभ्यास गर्ने गरिन्छ।
______________________________________________________________________________
सूर्यको किरण वाट हाम्रो जीवनको निर्माण हुने प्राण र पन्च तत्त्व सबै (हरेक तत्त्वको) निर्माण भएको छ। हामीले देख्ने सेतो किरण र सेतो किरण बन्ने सात वटा रङ्गी चङ्गी इन्द्रेणी रङ्गको किरण वाट वनेको छ।
यथार्थमा सात वटा घोडाले तानेको (सात वटा रङ्गी चङ्गी इन्द्रेणी रङ्ग) सेतो किरण रुपी रथमा तपाईँ हाम्रो जीवन बन्न जरुरी हुने ऊर्जा सूर्य वाट पृथ्वी सम्म आइपुगेको हुन्छ।
यी आठ कुराहरू एक आपसमा काल्पनिक डोरीले बाँधिएर यहाँ सम्म आएर हाम्रो जीवन बनेको छ भन्ने स्मरण नाग पञ्चमीको अष्ट नागले तपाई हामीलाई स्मरण गराउने गर्दछ।