राज्य व्यवस्था समितिले छलफलका लागि गृहमन्त्री, मुख्यसचिव र अख्तियार प्रमुखलाई  बोलायो

काठमाडौँ । राज्य व्यवस्था समितिले साउन ३१ गते गृहमन्त्री रमेश लेखक, मुख्यसचिव लीलादेवी गड्तौला र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त प्रेमकुमार राईलाई भ्रष्टाचार निवारण ऐनमा छलफलका लागि बोलाएको छ । आइतबार समितिले गृहमन्त्री, मुख्यसचिव, अख्तियार प्रमुखदेखि पदाधिकारी र प्रवक्तालाई छलफलका लागि बोलाएको हो ।उनीहरूलाई भ्रष्टाचार निवारण ऐनको विषयमा छलफलका लागि बोलाइएको समितिका सभापति रामहरि खतिवडाले जानकारी दिए । 

प्रतिक्रिया