जनार्दन शर्माको प्रस्तावमा यस्तो छ प्रचण्डप्रतिको आरोप र गुनासाहरु (पूर्णपाठ)

नेतृत्वले गर्दा पार्टी शुन्यतर्फ गएको आरोप, नेतृत्व छाड्न सुझाव

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पार्टीको नेतृत्व छाड्न सुझाव दिएका छन् । स्थायी कमिटीको जारी बैठकमा उनले पेस गरेको लिखित प्रस्तावमा प्रचण्डलाई अब संरक्षक भएर बस्न भन्दै पार्टी नयाँ पुस्तालाई हस्तान्तरण गर्न सुझाव दिएका छन् । प्रचण्डलाई राजकीय सत्ताको नेतृत्व गर्ने मौका दिइरहने भन्दै पार्टी नयाँ पुस्तालाई हस्तान्तरण गर्न शर्माले सुझाव दिएका हुन् । शर्माले युवालाई सांगठनिक नेतृत्व हस्तान्तरण गर्न प्रस्ताव पनि गरेका छन् । उनले आफ्नो प्रस्तावलाई पूर्वाग्रहको रुपमा नलिन पनि अनुरोध गरेका छन् ।

२०४३ सालदेखि निरन्तर माओवादीका नेतृत्व गरिरहेका प्रचण्डलाई औपचारिकरूपमै नेतृत्व छाड्न पार्टीमा नेताको तर्फबाट पेश भएको सम्भवतः यो पहिलो लिखित प्रस्ताव हो ।
शर्माले ‘प्रचण्ड’माथि परिवारवाद लादेको तथा वैचारिक मत राख्ने नेताहरूलाई बदनाम गर्न पार्टी तथा राज्यसत्ताको दुरुपयोग गरेको आरोपसमेत लगाएका छन् ।
उपमहासचिव शर्माले शान्ति प्रक्रियापछि पार्टीभित्र देखिएका र नेतृत्वले बेवास्ता गरेका १० समस्याहरुको पहिचान गर्दै यसका कारण नै पार्टी निरन्तर कमजोर भएर लोपोन्मुख अवस्थामा पुगेको बताएका छन् ।पार्टी शुन्यतर्फ जानुको मुख्य दोषी नेतृत्व नै रहेको भन्दै अब नेतृत्व नयाँ पुस्तामा दिन प्रस्ताव गरेका छन् ।

प्रतिक्रिया