माओवादी स्थायी कमिटी बैठक आज पनि बस्दै

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटीको बैठक आइतबार पनि बस्दै छ । 

बैठक आइतबार बिहान ११ बजेबाट पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्नेछ । बैठकमा पछिल्ला राजनीतिक समसामयिक घटनाक्रम, पार्टीको भूमिका, प्रतिपक्षको भूमिका, जनदबाबका कार्यक्रम, जनसङ्गठन बिस्तार एवं सुदृढीकरण र जनतामा जाने विशेष कार्यक्रमहरूका बारेमा छलफल हुनेछ । 

बैठकमा नेताहरूले आफ्ना आफ्ना धारणा राख्ने क्रम जारी रहने बताइएको छ ।। 

प्रतिक्रिया