कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि जारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आइतबार पनि बस्दैछ । 

बैठक आइतबार बिहान ११ बजेपछि सुरु हुने छ  । बैठकमा केन्द्रीय सदस्यहरुले ११ बुँदामा आधारित भएर धारणा राख्ने क्रम जारी रहनेछ । बुधबारबाट सुरु भएको बैठकमा उपसभापति पूर्णबहादुर खड्कासहित महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले विभिन्न एजेन्डा प्रस्तुत गरेका थिए । 

केन्द्रिय समिति बैठक साउन २८ गतेसम्म चल्ने बताइएको छ । कांग्रेसको जारी केन्द्रीय कार्यसमितिको बैठकमा एमालेसँग गठबन्धन बन्नुको औचित्य पुष्टि गर्नुपर्ने आवाज उठेको छ । त्यस्तै, प्रतिपक्षमा हुँदा आफूले उठाएका सहकारी ठगी, गिरीबन्धु टी–स्टेट, नक्कली भुटानी शरणार्थीलगायतका विषयलाई सरकारले टुंगो लगाउनुपर्ने विषयसमेत उठाएका छन् । 

न्याय निरुपणसम्म लैजान पनि सत्तारुढ कांग्रेसलाई दबाब बढेको छ । अर्कातिर भ्रष्टाचारका विभिन्न प्रकरणबाट उम्किनका लागि दुई ठूला दल मिलेको भन्ने आरोपको जवाफ दिनुपर्ने माग पनि कांग्रेस बैठकमा उठेको छ । 
 

प्रतिक्रिया