गायक प्रकाश तिमिल्सिनाको निधन

काठमाडौं । गायक प्रकाश तिमिल्सिनाको निधन भएको छ ।

गायक तिमिल्सिनाको ३७ बर्षको उमेरमा शनिबार निधन भएको हो । शनिबार साँझ ललितपुरको भैँसेपाटीस्थित डेरामा बेहोस अवस्थामा फेला परेका तिमिल्सिनालाई परिवारका सदस्यले पाटन अस्पताल पुर्‍याएका थिए । तर, चिकित्सकले उनलाई मृत घोषित गरेका थिए।

तिमिल्सिना गायन प्रतियोगिता ‘नेपाली तारा’ मार्फत सङ्गीत क्षेत्रमा उदाएका थिए । उनका ‘प्रीय तिम्रो सिउँदोमा सिन्दुर भर्न देउ, ‘नमान लाज यसरीु, ‘हेर दिन सधै एकनास हुँदैन’ जस्ता गीत चर्चित छन्।

उनको आइतबार नै पशुपतिमा अन्त्येष्टि गर्ने पारिवारिक स्रोतले जनाएको छ । त्यसअघि उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानमा राखिनेछ ।

प्रतिक्रिया