पेरिस ओलम्पिक  : सन्तोषी म्याराथनमा प्रतिास्पर्धा गर्दै

काठमाडौं । पेरिस ओलम्पिकको अन्तिम दिन आइतबार (आज) नेपालकी सन्तोषी श्रेष्ठले महिला म्याराथनमा प्रतिास्पर्धा गर्दैछिन् । 

युनिभर्सियालिटी कोटाबाट सन्तोषी पेरिस ओलम्पिक्समा सहभागी भएकी हुन् ।  सन्तोषी गत १५ गते पेरिस गएकी थिइन् । उनले दश दिन पेरिसमा नै प्रशिक्षण गर्ने मौका पाएकी छन् । 

५ वर्षअघि सन्तोषीले नेपालको लागि १३औं दक्षिण एसियाली खेलकुद साग मा १० हजार मिटर दौडमा ऐतिहासिक स्वर्ण दिलाएकी थिइन् । पछिल्लो समय घरेलु म्याराथनमा उनी छाइरहेकी छन् ।  नेपालबाट सहभागी सात मध्ये ६ खेलाडी ओलम्पिक्समा सहभागी भएर फर्किसकेका छन् । पौडीका एलेक्जेन्डर शाहले एक सय मिटर फ्रि स्टाइलमा राष्ट्रिय रेकर्ड बनाएका थिए । 

यस बाहेक अन्य खेलाडीहरू टेबल टेनिसका स्यान्टु श्रेष्ठ, पौडीकी डुवाना लामा, ब्याडमिन्टनका प्रिन्स दाहाल र जुडोकी मनिता श्रेष्ठ प्रधान पहिलो चरणबाट बाहिरिए । 

प्रतिक्रिया