भारतीय विदेश सचिव विक्रम मिस्री आज नेपाल आउँदै

काठमाडौं । भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्री आज नेपाल भ्रमणमा आउँदै छन्। 

परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालको मैत्रीपूर्ण निमन्त्रणामा दुईदिने औपचारिक भ्रमणका लागि मिस्री नेपाल आउन लागेका हुन् । भ्रमणका क्रममा विदेशसचिव मिश्रीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणासँग भेटवार्ता गर्ने तालिका रहेको बताइएको छ । 

मिश्री गत जुलाई १५ मा  भारतको विदेश सचिवमा नियुक्त भएका थिए। राष्ट्रिय सुरक्षा सल्लाहकारका उपप्रमुखसमेत रहेका मिश्रीलाई विदेश सचिवको जिम्मेवारी दिइएको हो। मिस्रीले हालै भुटानको भ्रमण पनि गरेका थिए । 

प्रतिक्रिया