राजनीतिक, सामाजिक र धार्मिक एकताका लागि युनुसको अपिल

एजेन्सी । बंगलादेशका अन्तरिम सरकारका प्रमुख मुहम्मद युनुसले राजनीतिक, सामाजिक र धार्मिक एकताका लागि देशवासीलाई अपिल गरेका छन् । 

पूर्वप्रधानमन्त्री शेख हसिनाको १५ वर्षे शासन अन्त्य गर्ने क्रममा भएको जनप्रदर्शनमा प्रहरीले चलाएको गोली लागि मृत्यु भएका एक छात्राकी रोइरहेकी आमालाई अँगालो हाल्दै अन्तरिम सरकारको नेतृत्वकर्ता युनुसले विगतको हृदय विदारक घटनालाई मनमा राख्न र धार्मिक सहिष्णुता प्रकट गर्न आग्रह गरेका हुन् । 

उनले हाम्रो जिम्मेवारी नयाँ बङ्गलादेश निर्माण गर्नु रहेका बताएका छन् । पूर्वप्रधानमन्त्री हसिनालाई विद्यार्थी आन्दोलनको बलमा गत साता पदच्युत गरिएपछि देशका हिन्दू अल्पसङ्ख्यक समुदायमाथि भएका कैयौँ प्रतिशोधात्मक आक्रमणले छिमेकी मुलुक भारतमा सन्त्रास पैदा गर्नुका साथै स्वदेशमा पनि त्रास फैलाएको छ ।
 

प्रतिक्रिया