आज सातै प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल  बागमती र गण्डकी प्रदेशमा साधारणतया देखि पूर्णतया बदली रही बाँकी भू-भागमा आंशिक देखि साधारणतया बदली रहेको छ। बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका एक/दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

आइतबार दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा मधेश प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी,  बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका   एक/दुई स्थानमा  भारी वर्षाको पनि सम्भावना रहेको छ। 

यस्तै, आइतबार राती देशभर आंशिक देखि साधारणतया बदली रहने छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा तथा कोशी र बागमती प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  कोशी, मधेश, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक /दुई स्थानमा  भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया