युक्रेनी आक्रमण रोक्न रुसको नयाँ अभियान सुरु

एजेन्सी । रुसले युक्रेनसँग जोडिएका तीन सीमावर्ती क्षेत्रमा आतङ्वाद विरोधी अभियान सुरु गरेको छ । 

युक्रेनीहरूले रुसको पश्चिमी कुस्र्क क्षेत्रमा निरन्तर आक्रमण गर्न थालेपछि त्यसलाई रोक्न रुसको शहर मस्कोले शनिबारदेखि आतंकवाद विरोधी अभियान थालेको हो ।

 रूसले युक्रेनी आक्रमण रोक्न ’ट्याङ्क रकेट लन्च’ र उड्डयन एकाइसहित अतिरिक्त सेना र उपकरणहरू सिमाक्षेत्रमा तैनाथ गरेको छ । रूसको आतङ्कवाद विरोधी समितिले बेलगोरोड, ब्रायन्स्क र कुर्स्क क्षेत्रमा आतङ्कवाद विरोधी अपरेसन बाट नागरिकको सुरक्षा सुनिश्चित गरी युक्रेनी खतरालाई नियन्त्रण गर्ने जनाएको छ । 

अभियान सुरु गरिएका क्षेत्रमा आवगमन प्रतिबन्धित र फोन कलहरूमा निगरानी गरिएको छ । यी क्षेत्रलाई नो–गो जोन घोषणा गरी प्रमुख पूर्वाधारमा सुरक्षा कडा गरिएको छ । आतङ्कवाद विरोधी समितिले युक्रेनले रूसका धेरै क्षेत्रमा आक्रमण गर्ने प्रयास गरेको जनाएको छ ।

 समितिले युक्रेनको आक्रमणलाई आतङ्कवादी आक्रमण घोषणा गर्दै कियभका सेनाले नागरिकमाथि आक्रमण गरेको र आवासीय भवनहरू ध्वस्त पारेको जनाएको छ । अभियानका क्रममा रूसमा आक्रमण गर्न खोज्ने २६ युक्रेनी ड्रोनलाई खसालिएको रूसले जनाएको छ ।

प्रतिक्रिया