आन्दोलनकारीको दवाबपछि बंगलादेशका प्रधानन्यायाधीशद्वारा राजीनामा दिने घोषणा


एजेन्सी । बंगलादेशको सर्वाेच्च अदालतका प्रधानन्यायाधीश अबैदुल हसनले आफ्नो पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।

 अन्तरिम सरकारलाई अवैध घोषणा गर्न खोजेको भन्दै प्रधानन्यायाधीशको राजीनामा माग्दै  आज शनिबार अदालतमै बिद्यार्थीले प्रदर्शन गरेपछि उनले राजीनामा दिने घोषणा गरेका बंगलादेशको संचारमाध्यम डेली स्टारले जनाएको छ ।  

प्रदर्शनकारीले प्रधान न्यायाधीश  हसनले राजीनामा नदिए उनको निवासमा आक्रमण गर्ने धम्की दिएपछि उनी राजीनामा दिन बाध्य भएको बताइउको छ । यद्यपि उनले राजीनामा भने दिइसकेका छैनन् । प्रधानन्यायाधीश हसनले अदालतमा    पूर्ण इजलासको बैठक बोलाएको खबर सार्वजनिक भएपछि विद्यार्थी र वकिलसहित सयौं प्रदर्शनकारीले सर्वोच्च अदालत घेराउ गरेका थिए ।

प्रधानन्यायाधीशले बंगलादेशमा बिहिबार बनेको अन्तरिम सरकारलाई अवैधानिक घोषणा गर्न सर्वोच्च अदालतलाई प्रयोग गर्न खोजेको प्रदर्शनकारीहरुको दाबी छ । शेख शसिना वाजेद गत सोमबार सरकार छोडेर भारत भागेपछि त्यहाँ नोबेल पुरस्कार बिजेता तथा आर्थिक अभियन्ता मोम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार बनेको छ । त्यो सरकारलाई अदालतले अवैधानिक घोषणा गर्न खोजेको आन्दोलनकारीको भनाई छ ।हसन शेख हसिनाको सरकारका पालामा प्रधान्यायाधीश बनेकाले उनले हसिनालाई सहयोग पुग्नेगरी निर्णय गर्न खोजेको आन्दोलनकारी बिद्यार्थीले बताएका छन् ।  
 

प्रतिक्रिया