हुलाक सेवालाई प्रविधिमैत्री बनाउनुपर्नेमा सञ्चारमन्त्री गुरुङको जोड
कास्की । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले हुलाक सेवालाई प्रभावकारी एवं प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिएका छन् ।
पोखरास्थित हुलाक निर्देशनालयको निरीक्षणपछि मन्त्री गुरुङले हुलाकसम्बन्धी पुराना नीति, नियमलाई परिमार्जन गर्दै हुलाक सेवालाई समयसापेक्ष बनाउनुपर्ने बताए ।
हुलाक सेवा प्रभावकारी हुन नसकेको गुनासो आइरहेकै बेला यसलाई कसरी प्रभावकारी र प्रविधिमैत्री बनाउने भन्ने बारेमा आफू चिन्तित रहेको बताए । दुर्गम गाउँका जनतालाई शीघ्र सेवा प्रवाह गर्न सम्बद्ध कर्मचारी सधै सचेत हुनुपर्नेमा उनले जोड दिए ।
निर्देशनालयका प्रमुख कीर्तनराज पौडेलले पर्याप्त जनशक्ति र यातायातका साधनको अभावमा पनि हुलाकका कर्मचारीले सेवा प्रवाह गरिरहेका बताए । नब्बे जनाको दरबन्दी भएको निर्देशनालयमा ४२ कर्मचारीबाट काम भइरहेको बताए ।
प्रतिक्रिया