भान्सामा प्रयोग हुने सुकुमेलको यति धेरै औषधीय गुण
एजेन्सी । भान्सामा मसलाको रुपामा प्रयोग हुने सुकुमेलको यति धेरै औषधीय गुण पाइन्छ । त्यसैले सुकुमेललाई मसलाको रानी पनि भन्ने गरिन्छ । सुकुमेलको वास्नैले तरकारीलाई स्वादिलो बनाइदिन्छ ।
सुकुमेलको बोट बार्है महिना हरियो हुने भएकाले यसलाई बार्है महिना हरियो रहने मसला बाली पनि भनिन्छ । सुकुमेल विशेषगरी भारतको केरला,कर्नाटक र तमिलनाडु जस्ता स्थानमा भने यसको खेती हुने गरेको छ । नेपालमा सुकुमेलको उत्पादन कुनै-कुनै स्थानमा फाट्टफुट्ट देखिएपनि व्यवसायिक खेती भने अझै हुन सकेको छैन । विश्व बजारमा सुकुमेलको माग अहिले धेरैनै छ ।
सुकुमेललाई सबैले चिनेकै छन् । समुन्द्र सतहबाट ६०० मिटर देखि १७०० मिटर सम्मको जमिनमा खेती गर्न सकिने सुकुमेल बोटमा फल्छ । यसको बोट ५ देखि १० फिटसम्म अग्लो हुन्छ । सुकुमेलको बोटले २ देखि ३ वर्षभित्र उत्पादन दिन थाल्छ । यसलाई मसलाको रुपमा भान्छामा प्रयोग गरिन्छ । यसको प्रयोग हरेक दिन तरकारीमात्र होइन खानका विभिन्न परिकार बनाउँदा पनि गर्ने गरिन्छ । चिया पकाउँदा समेत त्यसलाई स्वादिलो र वास्नायुक्त बनाउन सुकुमेलको प्रयोग गरिन्छ ।
सुकुमेलको बजार मुल्य करिब ५ हजार रुपैयाँ प्रति किलो पर्दछ । सुकुमेल स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । केहि मानिसहरु मुखमा सुकुमेल राख्छन् । यसको प्रयोग मुख गन्हाउने समस्या सामधानका लागि पनि गर्ने गरिन्छ । यसको फाइदा अनगिन्ति छन् ।
१.सुकुमेलले मौसम परिर्वतनका दिनहरुमा घाँटी दुख्ने समस्याहरुलाई निको पार्छ । रुघाखोकी छ भने सुकुमेललाई पिनेर महसँग मिसाएर खाएमा आराम मिल्छ ।
२.यदि मानिसलाई कब्जियतको समस्या छ भने सुकुमेललाई पानीमा पकाएर पिउँदा यसले फाइदा गर्दछ । सुकुमेलले पाचन प्रक्रियालाई स्वस्थ बनाउँछ । जसका कारण कब्जियत हुन दिदैनन् ।
३. मुटुको धड्कन कम हुने बिरामीहरुका लागी धड्कन सहि राख्न सुकुमेल निकै प्रभावकारी हुन्छ ।
४. सुकुमेलको मात्रा मिलाएर प्रयोग गर्दा उच्च रक्तचापका बिरामीहरुलाई रक्तचाप नियन्त्रण गर्न प्रभावकारी हुन्छ ।
५. सुकुमेलमा पोटासियम,क्याल्सियम र म्याग्नेसियम खनिज तत्व पाइन्छ ।
६. मुख गन्हाएको छ भने मुखमा सुकुमेल राख्दा सुकुमेलको वास्नाले गन्ध हराउनुका साथै मुखलाई स्वस्थ राख्ने गर्दछ । त्यसैगरी श्वास गनाउने समस्यालाई सामाधान गरी स्वादलाई बढाउने काम गर्छ ।
७.भोक नलाग्ने ,बान्ता हुने, अपच हुने जस्ता समस्याहरुका लागी सुकुमेल खानाले फाइदा हुन्छ ।
८.यदि पिसाब सम्बन्धी समस्याहरु छ भने सुकुमेलको प्रयोग फाइदाजनक हुन्छ । कपुर, सुकुमेल र जाइफलको धुलोलाई मिसाएर कुनै कपडामा पोको पारेर बेला–बेलामा सुघ्ने गर्दा पनि शरीरमा रोग प्रतिरोधी क्षमताको विकास हुन्छ ।
९. बढि तिर्खा लाग्ने र घाँटी पोल्ने समस्या छ भने सुकुमेल मिसाएको पानि पिउँदा राम्रो हुन्छ ।
१०. छातीमा कफ जमेको छ र सास र्फेन गाह्रो भएको छ भने सुकुमेलको प्रयोगबाट राहत मिल्छ ।
सुकुमेलमा औषधीय गुण हुनुका साथै यसको यो शरीरका लागि फाइदाजनक भएकाले विज्ञ वा चिकित्सकसँग सल्लाह लिएर यसको प्रयोग गर्नुपर्छ ।
एजेन्सीहरुको सहयोगमा
प्रतिक्रिया