बंगलादेशमा अन्तरिम सरकारलाई अवैध घोषणा गर्न खोजेको भन्दै प्रधानन्यायाधीशको राजीनामा माग्दै प्रदर्शन

एजेन्सी । बंगलादेशमा विद्यार्थीले त्यहाँको सर्वोच्च अदालतका प्रधानन्यायाधीशको  राजीनामा माग गर्दै शनिबार फेरि विरोध प्रदर्शन सुरु गरेका छन् ।  

प्रदर्शनकारीहरूले अहिले ढाकास्थित सर्वोच्च अदालत घेराउ गरिरहेका बताइएको छ । प्रदर्शनकारीले प्रधान न्यायाधीश ओबैदुल हसनले राजीनामा नदिए उनको निवासमा आक्रमण गर्ने धम्की दिएका थिए। प्रधानन्यायाधीश हसनले अदालतमा    पूर्ण इजलासको बैठक बोलाएको खबर सार्वजनिक भएपछि विद्यार्थी र वकिलसहित सयौं प्रदर्शनकारीले सर्वोच्च अदालत घेराउ गरेका हुन । प्रधानन्यायाधीशले बंगलादेशमा बिहिबार बनेको अन्तरिम सरकारलाई अवैधानिक घोषणा गर्न सर्वोच्च अदालत र प्रधानन्यायाधीशलाई प्रयोग गर्न खोजेको प्रदर्शनकारीहरुको दाबी छ ।

शेख शसिना वाजेद गत सोमबार सरकार छोडेर भारत भागेपछि त्यहाँ नोबेल पुरस्कार बिजेता तथा आर्थिक अभियन्ता मोम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार बनेको छ । त्यो सरकारलाई अदालतले अवैधानिक घोषणा गर्न खोजेको आन्दोलनकारीको भनाई छ । 
 

प्रतिक्रिया