सरकारसँग विमतिका विषयहरुमा चुप लागेर बस्न नसकिने महामन्त्री शर्माको टिप्पणी

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारसँग विमतिका विषयहरुमा चुप लागेर बस्न नसकिने टिप्पणी गरेका छन् । 

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री शर्माले एमालेसँग भएका विमतिका विषयवस्तुलाई तिलाञ्जली दिने वा जबरजस्ती ढाकछोप गर्न खोजे सरकार नै दुर्घटनामा पर्ने भन्दै आफूले विमतीका विषय बाहिर ल्याउने गरेको पनि बताए । उनले कांग्रेस र एमालेबीच विमतिका विषय थाँती राखेर अघि बढ्नका लागि गठबन्धन नबनेको दाबी समेत गरे । महामन्त्री शर्माले सरकारको भविष्य काम र संयमतामा निहित रहेको पनि स्पष्ट पारे । 

महामन्त्री शर्माले सरकारले मुलुकलाई तत्काल मुनाफा दिने खालको आयोजनाहरुको कामलाई अघि बढाउन जोड दिनुपर्ने आवश्यकता पनि औल्याए । उनले मुलुकलाई ऋणको भार बढाउने खालको आयोजनाहरुको कामलाई अहिले प्राथमिकतामा नराख्न सरकारलाई सुझाव समेत दिए ।

प्रतिक्रिया