इजरायलद्वारा हमासको कमाण्ड सेन्टरमा आक्रमण,९० जनाको मृत्यु

एजेन्सी । गाजा शहरको एक विद्यालयको आश्रयस्थलमा इजरायली हवाई आक्रमणमा परी दर्जनौं व्यक्तिको मृत्यु भएको जनाइएको छ ।

गाजाको हमास नियन्त्रित नागरिक सुरक्षा निकायले गाजा शहरको सो विद्यालयमा  इजरायलले हवाई आक्रमणमा गरेको दाबी गरेको छ । इजरायली सेनाले आज शनिबार उक्त स्थानमा आक्रमण गरेको र उक्त स्थानमा हमासको कमाण्ड सेन्टर रहेको बताइएको छ ।

गाजाको नागरिक सुरक्षा निकायका अनुसार दराज जिल्लामा भएको आक्रमणमा परी कम्तीमा ९० जनाको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएका अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् । 
 

प्रतिक्रिया