चलचित्र ‘अञ्जिला’को प्रदर्शन मिति सर्यो
काठमाडौं । चलचित्र ‘अञ्जिला’को प्रदर्शन मिति सारिएको छ ।
महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित नेपाली चलचित्र ‘अञ्जिला’को प्रदर्शन मिति सारिएको हाे । पहिला माघ ११ गते प्रदर्शन गर्ने योजना रहेको यो चलचित्र अब फागुन २९ गते प्रदर्शन हुने भएको छ । चलचित्रको छायांकन सुब्बाकै जन्मथलो इलामको आइतबारे, झापा, र काठमाडौँमा गरिएको छ ।
निर्देशक मिलन चाम्सले सबै पक्षहरू मिलाउने क्रममा प्रदर्शन मिति सार्नुपरेको बताएका छन् । चलचित्रमा एञ्जिला स्वयं मुख्य भूमिकामा देखिनेछिन्, साथै दयाहाङ राई, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ लगायत कलाकारहरूको अभिनय रहनेछ।
निर्माता प्रेम कुमार श्रेष्ठले पनि चलचित्रमा प्रमुख भूमिका निर्वाह गरेका छन्।
प्रतिक्रिया