उपत्यकामा बाढीले बगाएर ल्याएका फोहोर बारमा अड्किए

काठमाडौं ।  काठमाडौं उपत्यकाका नदीहरुमा अविरल वर्षाका कारण आएको बाढीले नदी किनारमा फोहोर थुपारेको छ । 
यस पटक नदीहरुमा बाढीले पानीको सतह निकै माथि ल्याएको थियो । काठमाडौं,ललितपुर र भक्तपुरका धेरै स्थानहरु डुवानमा परे । करौडौंको धनमाल नोक्सान भयो । 

अझै पनि देशभर वर्षाको हुने क्रम रोकिएको छैन । बस्ती,पसल र बिद्यालयमा बाढी पस्यो । नेकपा एमालेको पार्टी कार्यालयमा पनि बाढी पस्यो । बाढीले बगाएर ल्याएको फोहोर,हिलो र बालुवा   अझै सफा गर्ने काम सकिएको छैन । 

काठमाडौ उपत्यकाका वागमती,बिष्णुमती,हनुमन्ते र मनोहरा नदीले ढुंगा,वालुवा र हिलो सँगसँगै मानिसले प्रयोग गरेका प्लाष्टिकका झोला तथा फोहोरहरु नदीका किनार र छेउछाउमा थुपारिदिएको छ । पानीको सतह बढेर बगाएर ल्याएको प्लाष्टिक लगायत अन्य फोहोरहरु नदी छेउछाउमा लगाइएको बारमा समेत अड्किएका छन् ।  त्यस्ता फोहोरहरु अहिले नदीछेउछाउमा देख्न सकिन्छ ।

 उपत्यकाका नदी सफाइ अभियान चलाइयतापनि अझै उपत्यकावासीले नदीमा फोहोर भने फ्याक्न छाडेका छैनन् । नदीमा पानीको सतह घटेसँगै जताततै फोहोर देखिएको छ । 


 

प्रतिक्रिया