आर्थिक विकास यो सरकारको पहिलो प्राथकिमता हो : उपप्रधानमन्त्री सिंह

काठमाडौं ।  उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले मुलुकको आर्थिक विकास वर्तमान सरकारको पहिलो प्राथमिकता भएको बताएबा छन् ।

बागमती प्रदेशका सामाजिक विकास मन्त्रीमा हरिप्रभा खड्गी (श्रेष्ठ) र आन्तरिक मामिला तथा कानुनमन्त्रीमा सुरजचन्द्र लामिछाने नियुक्त भएकोमा  उनीहरुलाई सम्मान गर्न शनिबार आयोजित कार्यक्रममा उनले मुलुकको सामाजिक–आर्थिक विकासलाई केन्द्रमा राखेर वर्तमान सरकार क्रियाशील रहेको बताए । 

राजनीतिकि स्थायित्वका लागि वर्तमान सरकार गठन भएको सुनाउँदै उनले जनताले अनुभूत गर्नेगरी विकासका गतिविधि सञ्चालन गर्ने तथा समृद्धिको मार्गमा मुलुकलाई उन्मुख गराउनु यो सरकारको लक्ष्य रहेको बताए ।  राष्ट्र र जनताका पक्षमा इमानदार भएर कामगर्ने प्रतिबद्धता पनि मन्त्री सिंहले व्यक्त गरे 

रासस

प्रतिक्रिया