देशभर ४७ जनामा हैजा सङ्क्रमण, सबैभन्दा बढी ललितपुरमा
काठमाडौं । देशभर पाँच जिल्लामा हैजा फैलिएको छ । हैजा फैलिएको पाँच जिल्लामा ४७ जनामा हैजा सङ्क्रमण पुष्टि भएको हो ।
हैजा ललितपुर, काठमाडौँ, कैलाली, प्युठान र रुपन्देहीमा फैलिएको हो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जनाएको छ । महाशाखाका अनुसार देशभर ४७ जनामा हैजा सङ्क्रमण पुष्टि भएको छ । सो मध्ये सबैभन्दा बढी ललितपुरमा ३४ जनालाई हैजा देखिएको छ ।
यस्तै, कैलालीमा ८ जना, काठमाडौँमा २ जना, प्युठानका २ जना र रुपन्देहीका १ जनालाई हैजाको सङ्क्रमण पुष्टि भएको महाशाखाले जनाएको छ ।
प्रतिक्रिया