माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि

काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को स्थायी समिति बैठकमा शनिबार पनि जारी रहने भएको छ । 

शुक्रकारदेखि सुरु भएको बैठक शनिबार पनि बस्ने माओवादी केन्द्रीय कार्यालयले जनाएको हो। बैठकमा  सदस्यहरूले वैचारिक, राजनीतिक र साङ्गठनिक परिस्थिति तथा कार्यभारका सम्बन्धमा धारणा राख्नेछन् । यसअघि शुक्रबारको बैठकमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक घटनाक्रमबारे छलफल भएको थियो । 

पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समय नेपाल र मित्रराष्ट्र बंगलादेशमा भएका राजनीतिक घटनाक्रमको ‘ब्रिफिङ’ गरेका थिए। 

साथै, उनले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषयमा दलहरूबिच भएको सहमतिबारे जानकारी गराएका थिए । 

प्रतिक्रिया