ब्राजिलको साओ पाउलो राज्यमा विमान दुर्घटना हुँदा ६१ जनाको मृत्यु

एजेन्सी । ब्राजिलको साओ पाउलो राज्यमा विमान दुर्घटना हुँदा विमानमा सवार ६१ जनाको मृत्यु भएको छ । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार विमानमा सवार सबै यात्रुको मृत्यु भएको हो। एटीआर ७२-५०० मा चालक दलका चार सदस्य र ५७ यात्रु सवार थिए।

टर्बोप्रप दक्षिणी राज्य परानाको कास्केभेलबाट साओ पाउलो शहरको ग्वारुल्होस विमानस्थलमा उडिरहेका वेला भिन्हेडो शहरमा खसेको  समाचारमा उल्लेख छ ।  

राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले पीडित परिवारप्रति दुख व्यक्त गरेका छन्। साओ पाउलो राज्यका गभर्नर टार्सिसियो गोम्स डे फ्रेटासले तीन दिनको शोक घोषणा गरेका छन्।

प्रहरी र दमकल घटनास्थलमा पुगेका छन् ।

प्रतिक्रिया