बीमा कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउँछौँः मन्त्री पौडेल
नेपालगञ्ज । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाइने बताएका छन् ।
नेपाली कांग्रेस बाँकेले पार्टी कार्यालयमा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले सबैलाई समेट्ने गरी यसको दायरा फराकिलो बनाउने काम भइरहेको जानकारी दिए ।
उनले सरकारी र निजी अस्पताललाई व्यवस्थित र नागरिकमैत्री बनाउन तथा अस्पतालहरूमा बिरामीको लाइन हटाउने विषयमा आफू सूक्ष्म अध्ययनमा रहेको समेत बताए ।
नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेले गरिब र निमुखा जनताको स्वास्थ्यमा सहज पहुँच पुर्याउने गरी नयाँ ढङ्गले काम गर्न मन्त्री पौडेल सक्षम हुने विश्वास व्यक्त गरे । भेरी अस्पतालको स्तरवृद्धि, भौतिक पूर्वाधार विकास र जनशक्ति व्यवस्थापनका लागि मन्त्री पौडेललाई आग्रह गर्दै उनले सुशील कोइराला क्यान्सर अस्पतालमा अहिलेसम्म दरबन्दी नै नभएकोप्रति ध्यानाकर्षण गराए ।
रासस
प्रतिक्रिया