इको ब्राण्डको मिनिरल वाटरमा भेटियो किटाणु

काठमाडौं । इको ब्राण्डको मिनिरल वाटरमा किटाणु भेटिएको छ । शुुक्रबार काठमाडौको अनामनगरस्थित किम्ची फाष्टफुड एण्ड तन्दुरी रेष्टुरेण्टमा ग्राहकले पानी पिउने बेलामा सो मिनिरल वाटरको बोतलमा किटाणु फेला परेको हो । 

सो मिनिरल वाटरको बोतलमा लार्भाजस्तो किटाणु भेटिएपछि काठमाडौ महानगरपालिकाको अनुगमन टोलीले सिल गरेर परीक्षणका लागि कृषि तथा पशुपंक्षी विभागमा पठाएको छ । 

प्राविधिक पराजुलीले काठमाडौं महानगरपालिकाको कृषि तथा पशुपंक्षी विभागले पानीमा रहेको लार्भाजस्तो वस्तु किटाणु हो/होइन ? परीक्षण गरेर मात्रै कानूनी कारबाहीको प्रक्रियामा अघि बढाउने बताए । 

प्रतिक्रिया