नेपाल टेलिकमको गुणस्तर सुधारमा सञ्चारमन्त्री गुरुङको जोड

फाइल तस्बिर

गण्डकी ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल टेलिकमको गुणस्तर सुधारका लागि सक्षम नेतृत्व र चुस्त व्यवस्थापनको खाँचो औल्यांएका छन् । 

पोखरास्थित टेलिकमको प्रादेशिक तथा जिल्ला कार्यालयको आज  निरीक्षणका क्रममा उनले टेलिकमको सेवालाई समयसापेक्ष ढङ्गले रुपान्तरण गर्दै लैजानुपर्ने बताए । अहिलेको अवस्थाबाट नेपाल टेलिकमलाई सुधार गर्न सकिएन भने आउँदा केही वर्षमा टेलिकम सङ्कटमा पर्नसक्छ”, मन्त्री गुरुङले भने  । 

मन्त्री गुरुङले इन्टेरनेट सेवाको विस्तारले नेपाल टेलिकमको भ्वाइस तथा डाटाको प्रयोग कम हुँदै गएको उल्लेख गर्दै टेलिकमले सोही किसिमको प्रविधि र जनशक्ति तयार गर्नुपर्ने बताए

मन्त्री गुरुङले डिजिटल नेपालको अवधारणाअनुसार विद्युतीय शासन सञ्चालनमा सरकारले जोड दिएको बताए। उनले सञ्चारसँग सम्बन्धित ऐन, कानुनलाई धेरै पुराना भएकाले परिमार्जन गर्नुपर्ने आवश्यकता रहेको बताए । 


 

प्रतिक्रिया