जबरजस्ती करणी सम्बन्धी कानुन प्रतिशोधपूर्ण रुपमा प्रयोग भएको सांसदहरुको भनाई

काठमाडौं । सांसदहरुले जबरजस्ती करणी सम्बन्धीको कानूनलाई तत्काल संशोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । 

शुक्रबारर कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा सांसदहरुले जबरजस्ती करणी सम्बन्धीको कानूनलाई तत्काल संशोधन गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । उनीहरुले प्रतिशोधपूर्ण रुपमा व्यक्तिलाई फसाउन जबरजस्ती करणीको मुद्दा लगाइने गरिएको भन्दै तत्काल संशोधन गर्नुपर्नेमा जोड दिए । 


बैठकमा कानून मन्त्री अजयकुमार चौरसियाले जबर्जस्ती करणीको मुद्दाको वर्गिकरण गर्नुपर्ने बताए । उनले समान उमेरका बालबालिकाबीचमा सहमतीमा हुने सम्बन्धमा बालकलाई मात्रै विभिन्न मुद्दाहरु लाग्ने गरेको भन्दै त्यस्तो कानून सुधार गर्ने प्रतिबद्धता जनाए ।। 

मन्त्री चौरसियाले राष्ट्रले धान्नसक्ने संशासधन भित्र रहेर नेपालका कारागार र बालसुधार गृहहरुको सुधार गर्न आफू तयार रहेको बताए । बैठकमा नेपालका बाल सुधार गृहमा रहेका बालबालिकाहरु र कारागारहरुमा रहेका कैदी तथा थुनुवाहरुको मानव अधिकारको अवस्थाका सम्बन्धमा स्थलगत अनुगमन गर्न गठित ३ वटा उपसमितिले पेश गरेको प्रतिवेदनमाथि छलफल भएको थियो । छलफल पछि बैठकले  नेपालका कारागार र बाल सुधारगृहको अवस्था सुधार गर्न उपसमितिले दिएको सुझाव कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ  । 

प्रतिक्रिया