९ वर्षमै बिहे गर्न पाउने कानुन ल्याएपछि  इराकमा विरोध प्रदर्शन

एजेन्सी । बालविवाहलाई अनुमति दिने कानुन ल्याएपछि यसकाे विरूद्धमा इराकभर विरोध प्रदर्शन भइरहेको छ । 

विवाहको उमेर घटाउने विवादास्पद कानुन इराकको संसदमा पेश भएपछि विवाद सुरु भएको हो ।  महिलाले ९ र पुरुषले १५ वर्षको उमेरमा विवाह गर्न प्रस्ताव संसदमा पेश भएपछि इराकभर विरोध प्रदर्शन भइरहेको छ । 

यसको महिला अधिकारकर्मीहरुले आलोचनासमेत गर्दै विरोध प्रदर्शन गरेका हुन् ।यदि यो विधेयक पारित भयो भने, बालविवाह र यौन शोषण बढ्ने  किशोरीहरूको शिक्षा र स्वास्थ्यमा गम्भीर असर पर्ने चिन्ता व्यक्त गरिएका  छन्। 

हालको इराकी कानुनमा विवाहका लागि १८ वर्ष उमेर तोकिएको छ । इराकको कानुन मन्त्रालयले संसदमा पेश गरेको विधेयकमा विवाहका लागि धार्मिक कानुन वा फौजदारी कानुन रोज्ने अधिकार दिइएको छ । 

प्रतिक्रिया