कारागार र बालसुधार गृहहरुको सुधार गर्ने कानुनमन्त्रीको प्रतिवद्धता

सुझाव कार्यान्वयन गर्न संसदीय समितिको निर्देशन

काठमाडौ । कानून, न्याय तथा मानव अधिकार समितिले नेपालका कारागार र बाल सुधारगृहको अवस्था सुधार गर्न उपसमितिले दिएको सुझाव कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ । आज बसेको समितिको बैठकमा नेपालका बाल सुधार गृहमा रहेका बालबालिकाहरु र कारागारहरुमा रहेका कैदी तथा थुनुवाहरुको मानव अधिकारको अवस्थाका सम्बन्धमा स्थलगत अनुगमन गर्न गठित ३ वटा उपसमितिले पेश गरेको प्रतिवेदनमाथि छलफल भएको थियो । छलफलपश्चात समितिले उपसमितिहरुले दिएको सुझाव कार्यान्वयन गर्न गृह, महिला बालबालिका तथा ज्येष्ठ नागरिक र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई निर्देशन दिएको हो । 
बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले समान उमेरका बालबालिकाबीचमा सहमतीमा हुने सम्बन्धमा बालकलाई मात्रै विभिन्न मुद्दाहरु लाग्ने गरेको भन्दै त्यस्तो कानून सुधार गर्नुपर्ने बताए । मन्त्री चौरसियाले राष्ट्रले धान्नसक्ने संशोधन भित्र रहेर नेपालका कारागार र बालसुधार गृहहरुको सुधार गर्ने प्रतिवद्धता पनि जनाए । 
मन्त्री चौरसियाले प्रशासनले कुदृष्टि राखेर व्यक्तिलाई अनावश्यक रुपमा मुद्दा चलाउने गरेको भन्दै कानूनहरुमा आवश्यक सुधार गर्न आफू तयार रहेको पनि बताए । 
 

प्रतिक्रिया