एशियाकै सबैभन्दा धनी अम्बानीले ४२ हजार कर्मचारी निकाले
एजेन्सी । एशियाकै सबैभन्दा धनी ब्यक्ति मानिएका भारतीय उद्योगी मुकेश अम्बानीको रिलायन्स इन्डष्ट्रिजले ४२ हजार कर्मचारी कटौती गरेको छ ।
रिलायन्सले खर्च कटौतीका लागि ३ लाख ८९ हजार कूल कर्मचारी रहेकोमा त्यसको ११ प्रतिशत अर्थात ४२ हजार कर्मचारी हटाएको जनाएको छ । ती कर्मचारी हटाएसँगै उसले कर्मचारीको संख्या घटाएर ३ लाख ४७ हजारमा झारेको छ ।
यति धेरैको संख्यामा कर्मचारी कटौती गर्नुपर्दा उद्योगलाई स्तब्ध बनाएको रिलायन्सले जनाएको छ । कर्मचरी कटौतीले रिलायन्सको आगामी भविष्यको बारेमा समेत प्रश्न उठाएको छ।
प्रतिक्रिया