एशियाकै सबैभन्दा धनी अम्बानीले ४२ हजार कर्मचारी निकाले

एजेन्सी । एशियाकै सबैभन्दा धनी ब्यक्ति मानिएका भारतीय उद्योगी मुकेश अम्बानीको  रिलायन्स इन्डष्ट्रिजले ४२ हजार कर्मचारी कटौती गरेको छ । 

 रिलायन्सले खर्च कटौतीका लागि ३ लाख ८९ हजार  कूल कर्मचारी रहेकोमा त्यसको  ११ प्रतिशत अर्थात ४२ हजार  कर्मचारी हटाएको जनाएको छ । ती कर्मचारी हटाएसँगै उसले कर्मचारीको संख्या घटाएर ३ लाख ४७ हजारमा झारेको छ । 

यति धेरैको संख्यामा कर्मचारी कटौती गर्नुपर्दा उद्योगलाई स्तब्ध बनाएको रिलायन्सले जनाएको छ । कर्मचरी कटौतीले  रिलायन्सको आगामी भविष्यको बारेमा समेत प्रश्न उठाएको छ। 
 

प्रतिक्रिया