समितिको अनुसन्धानमा सहयोग हुने सम्बन्धित डकुमेन्ट पठाएको हो, अनावश्यक हाेइन: कुलमान घिसिङ

काठमाडौ । नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले सार्वजनिक लेखा समितिलाई अनावश्यक डकुमेन्ट नपठाएको बताएका छन्। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले
अनुसन्धानका लागि सहयोग होस् भनेर सबै सम्बन्धित डकुमेन्ट पठाएको बताए। ड्रेडिकेटेड तथा ट्रंक लाइनको महसुलसँग सम्बन्धित डकुमेन्टसँगै सर्पोर्टका अन्य विवरणहरू पनि समितिमा पठाउँदा केही धेरै हुन पुगेको उनको भनाइ छ ।  

घिसिङले पछिल्लो ८ वर्षमा उल्लेखनीय वित्तीय सफलता हासिल गरेको बताएका छन्। यो अवधिमा करिब ८२ अर्ब रूपैयाँ नाफा कमाएको उनले बताए।  घिसिङले दोस्रो कार्यकाल सुरू गरेको तीन वर्ष पूरा गरेको अवसरमा शुक्रबार गरिएको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्।

 तीन वर्ष अघि आफ्नो जीवनको सबैभन्दा ठूलो चुनौती स्वीकार गरेर जिम्मेवारीमा आएको  पत्रकार सम्मेलनमा उनले बताए।
 

प्रतिक्रिया