सामुदायिक विद्यालयले शैक्षिक गुणस्तर वृद्धि गर्नुपर्छ : कोशी प्रदेशका मुख्यमन्त्री कार्की

फाइल तस्बिर

धरान ।  कोशी प्रदेश मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सामुदायिक विद्यालयले शैक्षिक गुणस्तर वृद्धि गर्दै जानुपर्नेमा जोड दिएका छन् । 

धरान उपमहानगरपालिका–१२ स्थित पब्लिक हाई स्कुलको ७८औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा उनले सामुदायिक विद्यालयले शैक्षिकस्तर वृद्धि गरे नीजि क्षेत्रसँग प्रतिस्पर्धा गर्नसक्ने धारणा राखे । 

शिक्षा क्षेत्रको समग्र विकास र सुधारका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारले समन्वय गरी नीति बनाएर कार्यान्वयन गर्नुपर्नेमा मुख्यमन्त्री कार्कीले जोड दिए । उनले शिक्षा क्षेत्रमा लागानी गर्नुपर्ने वृद्धि गनुृपर्ने बताउँदै विद्यालयको विकास र शिक्षा सुधार गर्न प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । 


 

प्रतिक्रिया