अब देश पूर्ण रुपमा बिद्युतीकरण भएको घोषणा हुन बाँकी : कुलमान घिसिङ
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नियमित बिद्युत आपूर्तीैको लागि विशेष व्यवूथा मिलाइएको बताएका छन् ।
आफ्नो दोस्रो कार्यकाल तीन वर्ष पूरा भएको अवसरमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले प्राधिकरण सुधारको लागि उल्लेख्य काम भएको भएको दाबी गर्दै नागरिकको घर घरमा बिद्युतीकरणको काम अघि बढेको बताए ।
उनले आफूले प्राधिकरणलाई नाफामा लगेको समेत बताए । उनले झण्डै ९९ प्रतिशत नागरिकको घरमा बिजुली पुगेको भन्दै अब देश पूर्ण रुपमा बिद्युतीकरण भएको घोषणा हुन बाँकी रहेको दाबी गरे । घिसिङले चेपाङ लगायत पिछडीएका बर्ग र समुदायको बस्तीमा निशुल्क बिद्युत जडानको काम अघि बढेको बताए । दोस्रो कार्यकालका लागि घिसिङ २०७८ साउन २५ गते कार्यकारी निर्देशक बनेका थिए । थप जानकारी उनले जारी पत्रकार सम्मेलनमा दिइरहेका छन् ।
प्रतिक्रिया