किन दिएन सञ्जय दत्तलाई बेलायतले भिसा ?
एजेन्सी । अभिनेता सञ्जय दत्तलाई बेलायतले भिसा अस्वीकृत भएको कारण “सन अफ सरदार २” चलचित्रबाट निकालिएको बताइएको थियो ।
सञ्जयलाई सन् १९९३ को बम विस्फोट घटनामा संलग्न भएको आरोपमा धेरै पटक बेलायतको भिसाको लागि आवेदन दिँदा अस्वीकृत गरिएको छ, जसले गर्दा उनले युकेमा छायाङ्कन गर्न सम्भव छैन। त्यसैले उनी भारतमै आफ्नो भागको छायाङ्कन गर्नेछन् ।
हालै आएका खबरहरुमा सञ्जय दत्तलाई बेलायतको भिसा अस्वीकृत भएको कारण चलचित्रबाट निकालिएको र उनको ठाउँमा रवि किशनलाई राखिएको भन्ने थियो ।
सन् २०१२ को भारतीय चलचित्र “सन अफ सरदार”को सिक्वेल “सन अफ सरदार २” को छायाङ्कन चाँडै नै सुरु हुने भएको छ। यस चलचित्रमा अभिनेताद्वय अजय देवगण, सञ्जय दत्त र अभिनेत्री मृणाल ठाकुर मुख्य भूमिकामा रहेको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् ।
अजय देवगणले भने चलचित्रको छायाङ्कन सुरु भएको आधिकारिक घोषणा गरिसकेका छन् । सञ्जय दत्तसँगै रवि किशनलाई पनि आफ्नो पोस्टमा ट्याग गरेका छन्, जसले यो स्पष्ट हुन्छ कि दुवै जना चलचित्रमा देखिनेछन्।
चलचित्रमा चंकी पाण्डे र सञ्जय मिश्रजस्ता अन्य कलाकारहरु पनि समावेश छन् ।
प्रतिक्रिया