चलचित्र  ‘घर नम्बर २’ को छायांकन सुरु

काठमाडौं । चलचित्र  ‘के घर के डेरा’को दोस्रो श्रृंखलाको रुपमा बन्न लागेको चलचित्र  ‘घर नम्बर २’ को छायांकन सुरु भएको छ । 

दीपेन्द्र के.खनालको निर्देशनमा बन्न लागेको यो चलचित्रले शुक्रबार ललितपुरको गोदावरीबाट छायांकन सुरु गरेको हो । ए प्लस इन्टरटेनमेन्ट र नटराज क्रिएसनको ब्यानरमा  निर्माण हुन लागेको चलचित्रको पहिलो दिन आर्यन सिग्देल र केकी अधिकारीले छायांकन गरेका छन् । 

चलचित्रमा अभिनेतामा खगेन्द्र लामिछाने, निश्चल बस्नेत र आर्यन सिग्देल छन् भने अभिनेत्रीहरू केकी अधिकारी, उपासना सिंह ठकुरी र सिर्जना नापितले शीर्ष भूमिकामा अभिनय गर्ने भएका छन् । 

चलचित्रलाई यही वर्ष प्रदर्शनमा ल्याइने निर्माण पक्षले जनाएको छ।
 

प्रतिक्रिया