सुझाब कार्यान्वयनका लागि प्रधानमन्त्री र पर्यटनमन्त्रीको दृढ प्रतिबद्धता र इमानदार प्रयत्न चाहिन्छ: सुमना श्रेष्ठ

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सुमना श्रेष्ठले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा हवाई क्षेत्रको सुरक्षाको सुझाव पठाएकी छिन्। पर्यटनमन्त्री बद्रि प्रसाद पाण्डेको सचिवालयबाट सुझाव माग गरिएको थाहा पाएपछि इमेलमार्फत आफ्नो सुझाव पेस गरिएको उनले बताएकी छिन्। 

सुझाव सार्वजनिक गर्दै सामाजिक सञ्जालबाट उनले भनेकी छन्, ‘दिइएको आधिकारिक ईमेलमा हामीले यी सुझावाहरु बुझाएका छौँ। यथाशीघ्र कार्यान्वयनमा लैजानुहुनेछ भन्ने अपेक्षा राखेकी छु।’

साथै, उनले यसका लागि संसद्का दुई ठूला दल मिलेर बनेको सरकारका प्रधानमन्त्री र पर्यटनमन्त्रीको दृढ प्रतिबद्धता र इमानदार प्रयत्न चाहिने बताएकी छिन्। 

‘तर यसका लागि सबैभन्दा महत्त्वपूर्ण भनेको सदनका दुई ठूला दल मिलेर बनेको दुईतिहाइ विश्वास प्राप्त शक्तिशाली सरकारका सम्माननीय प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीज्यू र माननीय मन्त्री बद्रीप्रसाद पाण्डेज्यूको दृढ प्रतिबद्धता र इमानदार प्रयत्न चाहिन्छ। आशा छ अब भने जनतालाई निराश बनाउनु हुनेछैन,’ उनले भनेकी छिन्।

प्रतिक्रिया