ट्रम्प र कमलाबीच पहिलो टेलिभिजन डिवेट अर्काे महिना

एजेन्सी ।  अमेरिकी राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्प र कमला ह्यारिसबीच अगामी सेप्टेम्बर १० मा पहिलो डिवेट हुने भएको छ ।  

अमेरिकन ब्रोडकास्टिङ कम्पनी नेटवर्क (एबीसी) का अनुसार  उक्त बहसको सञ्चालन वर्ल्ड न्यूज टुनाइटका प्रस्तोता तथा प्रबन्ध सम्पादक डेभिड मुइर र एबीसी न्यूज लाइभका प्राइम प्रस्तोता लिन्से डेभिसले गर्नेछन् ।
बिहिबार ट्रम्पले आगामी नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपतिको चुनावअघि आफ्ना डेमोक्र्याटिक प्रतिद्वन्द्वी कमलासँग धेरै पटक बहस गर्न तयार रहेको  बताएपछि नेटवर्कले एक्स, पूर्व ट्विटरमा एक पोस्टमा उनीहरुबीच बहस हुने जनाइएको हो । 

ट्रम्पले फक्स न्यूज र एनबीसीले पनि थप दुइवटा बहस आयोजना गरे राम्रो हुने सुझाव पनि दिएका छन् ।  ट्रम्पले कमलासँग बहस गर्न तयार रहेको बताएपछि त्यसको प्रतिउत्तरमा कमलाले पनि  एबीसी बहसमा सहभागी हुने र थप बहसका लागि आफू तयार रहेको बताएकी छन् ।  अमेरिकामा आगामी नोभेम्बर ५ मा राष्ट्रपतिको निर्वाचन हुदैछ । त्यसका लागि रिपब्लिकन पार्टीबाट उम्मेदवार ट्रम्पले उम्मेदवारी दिएका हुन् भने डेमोक्र्याटिक पार्टीका तर्फबाट कमलाले उम्मेदवारी दिएकी हुन् । अरु केही स्वतन्त्र उम्मेदवार भएपनि मुख्य प्रतिस्पर्धा ट्रम्प र कमलाबीच हुने बताइएको छ । अमेरिकी राष्ट्रपतिका उम्मेदवारहरुले टेलिभिजन बहस मार्फत आ–आफ्ना योजना सुनाउने गर्छन ।  

प्रतिक्रिया