चलचित्र  ‘नम्बरी सुन’ आजबाट हलमा

काठमाडौं । नेपाली कथानक चलचित्र  ‘नम्बरी सुन’ शुक्रबारबाट प्रदर्शनमा आएको छ। 

देशभर एकसाथ प्रदर्शनमा आएको चलचित्रले सिंगल सोलो रिलिजको अवसर पाएको छ । राजु गिरीको निर्देशन रहेको बनेको यो चलचित्रले  ७० वर्ष अगाडिको कथालाई प्रस्तुत गरेको छ । 

सुनको इतिहाससँगै विभिन्न वर्गका युवा युवती बीचको प्रेम र त्यो प्रेमले निम्त्याउने घटना परिघटनालाई प्रस्तुत गरिएको उक्त चलचित्रमा गौरव पहारी, नम्रता सापकोटा, विनोद न्यौपाने, सरोज खनाल, बुद्धि तामाङ, राजाराम पौडेल, किरण नेपाली, राजेन्द्र खड्गी, सविन बाँस्तोला, गीता अधिकारी, नारायण खाती, अस्मिता न्यौपाने, राजेन्द्र गिरी, कङ्गना गिरीलगायतका कलाकारले अभिनय रहेको छ । 

चलचित्रका निर्माता तथा कलाकार नारायण खातीले सुन नागरिकको जन्मदेखि मृत्युसम्म जोडिएको वस्तु  रहेको ले यसको आफ्नै इतिहास भएको बताएका छन् । साथै,  यसले मनोरञ्जनसँगै सुन जोडिएको तथ्यलाई दर्शकसम्म पुर्‍याउनेछ बताएका छन् । 

शिवम अधिकारीको कथा एवं पटकथा रहेको यस चलचित्रमा अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको सङ्गीत, रामजी लामिछानेको नृत्य निर्देशन, समीर मियाँको भीएफएक्स, दिव्य सुवेदीको छायांकन, देव महर्जनको द्वन्द्व तथा गौतमराज खड्काको सम्पादन  रहेको छ । 

प्रतिक्रिया