बेलायतमा चर्किएको आप्रवासी विरोधी दंगा केही मत्थर

एजेन्सी । बेलायतमा एक सातादेखि चर्किएको आप्रवासी विरोधी दंगा केही मत्थर भएको छ । 

बिहीबारदेखि पसलहरु खुल्न थालेका छन् भने मानिसहरुको चहलपहल बढेको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । प्रदर्शन उग्र हुने ठानेर ६ हजार अतिरिक्त प्रहरी परिचालन तथा आप्रवासी विरोधी समूह र उनीहरुलाई प्रतिवाद गर्न कयौं शहरमा ’काउन्टर’ ¥याली भएपछि दक्षिणपन्थीहरु पछि हटेको बताईएको छ । 

दक्षिणपन्थी समूहहरूले आप्रवासी र मुस्लिमहरूलाई मुख्य निसाना बनाएर एक साता यता प्रहरी र निजी सवारी साधन जलाउने, मस्जिदहरु तोडफोड गर्ने र पसल लुटपाट गरेका थिए । प्रधानमन्त्री किअर स्टारमरले देशभर सम्भावित अशान्ति हुन सक्ने भन्दै पुलिस उच्च सतर्कता अपनाउन निर्देशन दिएका छन् । 

गत २९ जुलाईमा उत्तरपश्चिम इंग्ल्याण्डको साउथपोर्टमा एक १७ वर्षीय युवाले छुरा प्रहार गरेर ६, ७ र ९ बर्षका तीन बालिकाको हत्या गरेपछि हिंसा फैलिएको थियो ।। 

प्रतिक्रिया