पेरिस ओलम्पिक : अमेरिका ३० स्वर्ण पदक सहित शीर्ष स्थानमा
काठमाडौं । पेरिस ओलम्पिक मा अमेरिका ३० स्वर्ण पदक सहित शीर्ष स्थानमा कायमै राखेको छ । अमेरिकाले हालसम्म ३० स्वर्ण ३८ रजत र ३५ कास्य सहित कुल १ सय ३ पदक जितेको छ ।
अमेरीकाले बिहीबार तिन स्वर्ण जितेको छ । चीनले २९ स्वर्ण जितेर दोस्रो स्थान कायम गरेको छ । चिनले २५ रजत र १९ कास्य सहित कुल ७३ पदक जितेको छ । तेस्रो स्थानमा यथावत अस्ट्रेलियाको नाममा १८ स्वर्ण १४ रजत र १३ कास्य सहित कुल ४५ पदक छ ।
यस्तै, चौंथो स्थानमा रहेको आयोजक फ्रान्सले १४ स्वर्ण सहित कुल ५४ पदक हात पारेको छ । १३ स्वर्ण १७ रजत र २१ कास्य जितेको बेलायत पाँचौं स्थानमा छ । दक्षिण कोरिया, जापान र नेदरल्यामन्ड्स क्रमशः छौंठौं सातौ र आठौं स्थानमा छन् । १० स्वर्ण सहित ३० पदक जितेको इटाली एक स्थान तल झर्दै नवौं स्थानमा पुगको छ । कुल २२ पदक जितेको जर्मनी १०औं स्थानमा छ ।
पेरिस ओलम्पिक २०२४ मा हालसम्म ८० देशले मात्र पदक जितेका छन्।
प्रतिक्रिया