२० निर्माण कम्पनी कालोसूचीमा
काठमाडौं । सरकारले २० निर्माण कम्पनी कालोसूचीमा राखेको छ ।
सार्वजनिक खरिद अनुगमन कार्यालयले एक सूचना जारी गर्दै सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा एक बमोजिम सूचना जारी भएको मितिबाट लागू हुनेगरी २० निर्माण व्यवसायी/आपूर्तिकर्तालाई कालोसूचीमा राखेको हो ।
कालोसूचीमा पर्नेमा एउटा भारतीय निर्माण कम्पनी पनि छ । भारत देहरादुनको भारत कन्स्ट्रक्सन पी.पी.सी.एल र त्यसका सञ्चालक राजिव गुर्गालाई तीन वर्षका लागि कालोसूचीमा राखिएको छ । त्यस्तै, सिद्धीसाइ प्रकाश कन्स्ट्रक्सन क्षेत्रपाटी र त्यसका प्रमुख व्यक्ति दिपेन्द्र बहादुर शाही पनि तीन वर्षका लागि कालोसूचीमा परेका छन् ।
अन्य विभिन्न कम्पनी र आपूर्तिकर्ता तथा त्यसका मुख्य व्यक्तीहरू डेढ देखि तीन वर्षसम्मका लागि कालोसूचीमा परेका छन् । कार्यालयले कालोसूचीमा राखिएको अवधिसम्म निर्माण व्यवसायी/आपूर्तिकर्ताले कुनैपनि सार्वजनिक खरिद प्रक्रियाको कारबाहीमा भाग लिन नपाउने पनि बताएको छ ।
प्रतिक्रिया