हवाई उडानलाई सुरक्षित बनाउन सरकारले विशेष निर्णय गर्छः पर्यटनमन्त्री पाण्डे

फाइल तस्बिर

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मुलुकको हवाई उडानलाई सुरक्षित बनाउन सरकारले विशेष निर्णय लिने बताएका छन् । 

प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिदैं उनले   हवाई सुरक्षाको एकीकृत समाधानका लागि नीतिगत, कानुनी, संरचनागतलगायतका विषयमा अध्ययन गरी सरकारले चाँडै आवश्यक निर्णय लिने उल्लेख गरे । विभिन्न समयमा गठन भएका विभिन्न समितिका प्रमुखसँग छलफल गरी छिट्टै विशेष निर्णय लिइने उनले बताए । 

पर्यटनमन्त्री पाण्डेले आफ्ना लागि पद ठूलो र दुर्लभ नभएको उल्लेख गर्दै समग्र उडड्यन क्षेत्रका समस्या समाधान गर्न कार्ययोजना निर्माण गरिरहेको उल्लेख गरे । पर्यटनमन्त्री पाण्डेले नेपाल नागरिक उड्डयन प्राधिकरण विभाजन विधेयकलाई अगाडि बढाउने गरी मन्त्रालयले काम गरिरहेको पनि जानकारी दिए ।  

प्राधिकरणलाई नियामक र सेवा प्रदायकका रुपमा छुट्याउने विधेयक राष्ट्रिय सभाबाट पारित भइसकेको छ । उनले एक/दुई दिनमै उक्त विधेयकलाई अगाडि बढाउनेमा विश्वास दिलाए ।  

प्रतिक्रिया