दक्षिण कोरियामा प्रविधि क्षेत्रका प्रख्यात लगानीकर्ता किममाथि सेयर हेरफेर गरेको आरोप

एजेन्सी । दक्षिण कोरियामा प्रविधि क्षेत्रका पूँजीपति मानिने किम बियोम–सुलाई सेयर मूल्यमा हेरफेर गरेको आरोप लागेको छ । 

किमको नेतृत्वमा काकाओ इन्टरनेट कम्पनीका अधिकारीहरुले के–पप संगीत एजेन्सी र एसएम इन्टरटेनमेन्टको सेयर मूल्य बढाउन र कम्पनीलाई अधिग्रहण गर्ने प्रतिस्पर्धात्मक प्रस्तावलाई कमजोर पार्न ठूलो परिमाणमा सेयर खरिद गरेको आरोप लगाइएको छ।

इन्टरनेट कम्पनी काकाओकाका संस्थापक किम दुई हप्ताअघि  पक्राउ परेदेखिनै हिरासतमा छन् । पक्राउ परेका बेला काकाओले जारी गरेको वक्तव्यमा किमले कुनै पनि गैरकानुनी गतिविधि नगरेको दाबी गरेको थियो  । किमलाई दक्षिण कोरियामा ब्रायन किम पनि भनिन्छ । सियोलको दक्षिणी जिल्ला अभियोजकको कार्यालयले किमले वित्तीय बजारको नियम उल्लङ्घन गरेको आरोप लगाएको छ । उनीबारे  अनुसन्धान अघि बढेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् । 
 

प्रतिक्रिया