आतंकवादी आक्रमणको त्रास बढेपछि टेलर स्वीफ्टको अष्ट्रिया कन्सर्ट स्थगित

एजेन्सी । आतंकवादी आक्रमणको त्रास बढेपछि  अष्ट्रियामा हुने तयारीमा रहेको अमेरिकी पपस्टार टेलर स्वीफ्टका कन्सर्ट स्थगित गरिएको छ । 

गायिका स्वीफ्टको बहुचर्चित इरास टुर अन्तर्गत अष्ट्रियाको अर्नेस्ट ह्यापेल स्टेडियममा बिहीबार, शुक्रबार र शनिबार कन्सर्ट आयोजना हुन गइरहेको थियो । बुधबार अस्ट्रियाको राजधानी भियन्ना वरपरका क्षेत्रमा ठूला कार्यक्रममा इस्लामिक आक्रमणको योजना बताइएको आशंका गरिएपछि स्वीफ्टको  कन्सर्ट स्थगित गरिएको हो । 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार सरकारी अधिकारीले अर्नेस्ट ह्यापल स्टेडियममा नियोजित आतंकवादी आक्रमणको पुष्टि गरेपछि सबै कार्यक्रम स्थगित गर्नु परेको जनाएको छ । 

बुधबार अस्ट्रियाको राजधानी भियन्ना वरपरका क्षेत्रमा ठूला कार्यक्रममा इस्लामिक आक्रमणको योजना बनाएको शंकामा दुई जना पक्राउ समेत परेका छन् । उनीहरू इन्टरनेटमार्फत कट्टरपन्थी गतिविधि फैलाउने कार्यमा सक्रिय रहेको भनिएको छ । अहिले अष्ट्रियन अधिकारीहरुले उनीहरुको विषयमा छानविन गरिरहेको  समाचारमा उल्लेख गरिएको छ । 

प्रतिक्रिया