४ उद्योगले बुझाए डेडिकेटेड र ट्रंकलाइन बापतको प्रिमियम बक्यौता रकम
काठमाडौं । डेडिकेटेड तथा ट्रंकलाइन विवाद चर्किरहेका बेला चार उद्योगले बक्यौता रकम तिरेका छन् । लोडसेडिङका बेला उद्योगीलाई प्रदान गरेको डेडिकेटेड र ट्रंकलाइनको बक्यौता बापतको भैरहवा क्षेत्रका ४ उद्योगले २५ प्रतिशत जरिवानासहित प्रिमियम बक्यौता रकम तिरेका हुन् ।
डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग गरेका यशोदा फुड्स प्रालि, जय दुर्गा प्लास्टिक उद्योग, सोना प्याकेजिङ र सोना पोलिमर्स इन्ड्रस्ट्रिजले जरिवानासहित बक्यौता रकम तिरेका हुन् ।
सोना प्याकेजिङले ३ लाख ५५ हजार ६७, शोदा फुड्स प्रालिले ४ लाख २५ हजार २३१, सोना पोलिमर्स इन्ड्रस्ट्रिजले ३ लाख ४६ हजार ३८९ र जय दुर्गा प्लास्टिक उद्योगले ७० हजार ५३२ रुपैयाँ बक्यौता बुझाएको प्राधिकरणको भैरहवा शाखाले जनाएको छ।
भैरहवा विद्युत् वितरण केन्द्र अन्तर्गत ४ उद्योगले बक्यौता बुझाएपनि अझै ६ वटा उद्योगले बक्यौता बुझाएका छैनन्।
प्रतिक्रिया